२२ माघ, २०८१ मंगलबार

04:42:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यी हुन् अनलाइनबाट मोबाइल मगाइ मोबाइल बोकेर टाप कस्ने व्यक्ति

Nepal Business

२९ माघ, २०७८

यी हुन् अनलाइनबाट मोबाइल मगाइ मोबाइल बोकेर टाप कस्ने व्यक्ति

२९ माघ । काठमाडौँको चावहिलमा एक नयाँ घटना घटेको छ । अहिले अनलाइनको जमानामा धेर ेमानिसले अनलाइनबाट शपिंग गर्ने गरेका छन् ।

उनले मोबाइल हातमा लिएपछि अर्काे को घर देखाएर यही मेरो घर हो पैसा लिएर आउँछु भनी फरार भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तर यसरी सामान विक्री गर्दा ठगीमा पर्न सक्ने एक घटनाले पुष्टि गरेको छ । सोलुखुम्बुको नम्चे घर भई हाल यहाँको सरस्वती नगर बस्ने वर्ष १९ का उर्गेन टासी शेर्पाले अनलाइन्बाट आइफोन मोबाइल मगाएर फरार भएका छन् । उनले मोबाइल हातमा लिएपछि अर्काे को घर देखाएर यही मेरो घर हो पैसा लिएर आउँछु भनी फरार भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उनले विगतदेखिनै बौद्ध स्तुपा आसपास मोबाइल ल्याउनु रिसिभ गर्छु भनी मोबाइल मगाउने र मोबाइल पाएपछि  छेउ छाउमा रहेको घर देखाई पैसा लिएर आउँछु भनी मोबाइल लिइ भाग्ने गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।  

 प्रहरी टोलीद्वारा निजलाई नियन्त्रणमा लिइ कारवाही थालेको छ । उनको साथबाट दुई थान आइफोन र रु १४ हजार रुपैयाँ बरामद गरिएको छ ।