५ जेठ, २०८१ शनिबार

01:24:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हुम्लामा अवरुद्ध हवाई सेवा चल्यो

Nepal Business

२९ माघ, २०७८

हुम्लामा अवरुद्ध हवाई सेवा चल्यो

२९ माघ । हावाहुरीका कारण अवरुद्ध हुम्लाको हवाई सेवा पुनः शनिबारदेखि नियमित भएको छ ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरुद्ध हवाई सेवा नियमित भएको जनाएको छ । हावाहुरीले एक दिन उडान अवरुद्ध भएको थियो । 

हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो । समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन् । सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी भएको छ ।

हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एअरको जहाज फिर्ता भएको थियो । त्यस्तै तारा र समिट एअरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो ।