६ जेठ, २०८१ आइतबार

03:16:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

व्यवस्थित सहरसंगै, थपिँदैछ कोहलपुरको शुन्दरता

२९ माघ, २०७८

व्यवस्थित सहरसंगै, थपिँदैछ कोहलपुरको शुन्दरता

बाँके । 
कर्णाली प्रवेश गर्ने एक मनमोहक र आकर्षक स्थल कोहलपुरमा पछिल्लो समय सहरीकरणको तिव्र विकास भईरहेको छ । नेपालका कतिपय सहरहरु अहिलेपनि व्यवस्थित बन्न नसक्दा समस्या झेलिरहनु परेको छ । त्यसैले सहर उन्मुख स्थानहरुको उचित व्यवस्थापन गर्दै व्यवस्थित सहर बनाउन सके यसले सहरी शुन्दरतासंगै बसोवासलाई थप व्यवस्थित गर्न सहयोग पुग्ने देखिन्छ ।

यस्तै कोहलपुर स्मार्ट न्यू सिटी कोहलपुर डेभलपर्सले कोहलपुरमा सुरु गरेको व्यवस्थित सहर अवधाराणाले यसको प्रतिनिधित्व गर्छ । चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख सहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ५०० भन्दा बढी स्मार्ट घडेरीहरू व्यवस्थापन गरेको छ । 
२०७७ को अन्त्यतिर कालोपत्रे भएको यहाँ अहिले धेरैको घुम्न जाने स्थल पनि बनेको छ । कुनै पनि व्यवस्थित सहरमा हुनुपर्ने पानीको निकास, कालोपत्रे, बिजुली बत्ती, खानेपानी, नगर बसपार्क, अस्पताल साथै पर्याप्त खुल्ला क्षेत्रलाई विशेष ध्यान दिइएको छ यस स्थानमा ।

पहाडबाट वसाई सराई गरेर तराई झर्नेहरुको संख्या बढिरहेको छ । यसले उब्जाउ खेतहरु मासिँदै गएका छन् । यस अघिनै सरकारले बस्तिका लागि क्षेत्र र जग्गा पहिचान गरि व्यवस्थित गर्ने बताउँदै आएपनि त्यासो हुन सकेको छैन । व्यवस्थित सहर निर्माण गर्न र बसोवास गराउन सके त्यसले जथाभावी हुने बसोवासका कारण विकास निर्माण र सरकारी सेवाको पहुँच पु¥याउन हुने जटिलता समेत समाधान हुने देखिन्छ ।