२२ माघ, २०८१ मंगलबार
04:47:37 AM
२९ माघ, २०७८
काभ्रेपलाञ्चोक
पनौतीको ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेको १२ वर्षे मकर मेला आजबाट सकिदै छ । १२ वर्षमा एकपटकमात्र आउने भएकोले आज पनौतीमा भक्तजनहरुको घुइँचो छ ।
मेला हेर्नका लागि टाढा टाढाबाट मानिसहरू आइरहँदा आज बनेपादेखि पनौती तिर जाने बाटो नै जाम भएको हो । मानिसहरू पैदल हिँडेर नै मेला हेर्न गइरहेका छन् । । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो।
जसले मकर मेला स्नान गर्दछ, त्यस मनुष्यको शरीरमा भएको रोग पखालिन्छ, मनमा भएको खोट, पाप नाश हुन्छ भन्ने पौराणिक कथन छ। हिन्दुशास्त्रका अनुसार सत्ययुगमा जब देवराज इन्द्रलाई शरीरमा श्राप जन्य रोग लागेको थियो, त्यस बखतमा पनौती उपासनाबाटै निको भएको भन्ने किम्बदन्ती छ।