२२ माघ, २०८१ मंगलबार
04:39:59 AM
२९ माघ, २०७८
दोलखा
दोलख जिल्लाको बिगु गाउँपालिका–१ लामाबगरमा अवस्थित माथिल्लो तामाकोसीको जलाधारमा रहेका हिमताल फुटेर तामाकोसी क्षेत्रमा आउन सक्ने खतरा आधाभन्दा बढि घटेको पाइएको छ ।
रेनोल्डस् इन्टरनेसनल लिमिटेडविज्ञ प्रा.डा. जोन रेनोल्डस् र नरकन्सल्ट्यान्ट एएसका विज्ञ हाइड्रो इन्जिनियर स्वेरे एडभर्सनसँगको तामाकोसी र रोल्वालिङ जलाधारमा रहेका हिमताल र हिमतालीय जोखिमबारे काठमाडौँमा भएको एक अन्तक्र्रिया कार्यक्रममा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको मात्रा पहिलेको भन्दा आधा घटेको जानकारी गराइएको तामाकोसी जलविद्युत् आयोजनाका इन्जिनियर विमल गुरुङले बताउनु भयो।
उहाँका अनुसार विज्ञ रेनोल्डस्ले सन् २००४ मा गर्नुभएको अध्ययनले माथिल्लो तामाकोसीको बाँध÷जलाशयभन्दा उत्तर तामाकोसी नदीको जलाधारमा अधिकतम ५ हजार घनमिटर प्रतिसेकेन्ड जीएलओएफ रहेकोमा अहिले घटेर २ हजार २५० घनमिटर प्रतिसेकेन्ड भएको हो । बाँध, लामाबगर क्षेत्रसहित तल्लो तटीय क्षेत्रमा सम्भावित बाढीको असर कम हुने देखिएको छ ।
सन् २००४ मा प्रा.डा. रेनोल्डस्ले गरेको अध्ययनमा देखाइएको च्छोरोल्पा तालको ६ हजार ५ सय घनमिटर प्रतिसेकेन्डको सम्भावित जीएलओएफकै आधारमा आयोजनाको विद्युत् गृह र टेलरेसको अवस्थिति डिजाइन गरी निर्माण गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो । आयोजनाको बाँध ५ हजार घनमिटर प्रतिसेकेन्ड जीएलओएफलाई थेग्ने गरी निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।