२२ माघ, २०८१ मंगलबार

04:32:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारत विधानसभाका कारण सीमानाका चार दिन बन्द

Nepal Business

२८ माघ, २०७८

भारत विधानसभाका कारण सीमानाका चार दिन बन्द

२८ माघ । नेपाल–भारत सिमानाका आजदेखि चार दिनका लागि बन्द भएका छन् । भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४९फागुन २ गते हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार दिनका लागि बन्द भएका हुन् ।  

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबार बिहानदेखि फागुन ३ गतेसम्मका लागि बन्द भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । 

दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाका पनि आजदेखि फागुन २ गतेसम्म बन्द भएका दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशको सहमतिको आधारमा नाका बन्द गरिएका हुन् । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।  

गड्डाचौकी बन्द 

भारतको उत्तराखण्ड राज्यको विधानसभाको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका गड्डाचौकी आजदेखि  बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार आजदेखि फागुन २ गतेसम्मका सीमा नाका बन्द गरिएको छ । निर्वाचनका लागि भारत सरकारको अनुरोधमा सीमा नाका बन्द गरिएको हो ।

भारतको उत्तराखण्ड राज्यमा विधानसभा निर्वाचनका लागि १४ फेब्रुअरीमा मतदान हुँदैछ । चुनाव अवधिभरी सीमा नाका पूर्ण रुपमा बन्द हुने जनाइएको छ । रासस