६ जेठ, २०८१ आइतबार

12:05:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेन्ड पनि पदमा नबस्ने मन्त्री आलेको उद्घोष

Nepal Business

२८ माघ, २०७८

राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेन्ड पनि पदमा नबस्ने मन्त्री आलेको उद्घोष


२८ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेन्ड पनि पदमा नबस्ने उद्घोष गर्नुभएको छ । 

बताससमुह हुँदै होटल याक एण्ड यतीको इजाजत रद्ध गती बोल्ड निर्माणमार्फत नाम कमाउन सफल मन्त्री आलेले मन्त्रालयस्तरीय समस्या समाधान समितिको छलफलमा यस्तो बताउनुभएको हो । 

राज्यको सम्पति दोहान भएको छ त्यो फिर्ता ल्याउनु मेरो दायित्व हो

उहाँले राज्यको सम्पति फिर्ता ल्याउनु हरेकको दायित्व भएको बताउँदै सरकारी जग्गा अतिक्रमण भएकोमा टुलुटुलु हेरेर बस्न नसकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, 'राज्यको सम्पति दोहान भएको छ त्यो फिर्ता ल्याउनु मेरो दायित्व हो ।'