५ जेठ, २०८१ शनिबार

11:11:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमई मोटर्सले ल्यायो ‘गुरुजी बाट साहुजी’ बनाउने योजना

२८ माघ, २०७८

आइएमई मोटर्सले ल्यायो ‘गुरुजी बाट साहुजी’ बनाउने योजना

काठमाडौं
आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको हो। कम्पनीले गुरुजीहरुलाई साहुजी बनाउने उद्देश्यका यो अभियान सुरु गरेको हो ।

कम्पनीले सुरु गरेको यो अभियान अन्तर्गत अशोक लेलैण्डका जुनसुकै लाइट कमर्शियल भेहिकल सिरिजका सवारी साधन बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिनेछ ।  उक्त सवारी साधन खरिद गर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता तिर्न नपर्ने सुविधा रहेको छ ।

 साथै, उक्त सवारी साधन खरिद गर्ने ग्राहकले आकर्षक ब्याजदर पाउने छन् । गरिरहेको काम छाडेर आफ्नै व्यवसाय सुरु गर्न चाहाने महत्वाकांक्षी चालकहरुप्रति आइएमई मोटर्सले ल्याएको यो योजना समर्पित रहेको छ ।

‘त्यसैले हामीले यसलाई ‘गुरुजीबाट साहुजी’ योजना भनेका छौँ’, कम्पनीको विज्ञप्तिमा भनिएको छ। यो योजनाले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्न चाहनेलाई पनि राम्रो अवसर प्रदान गर्नेछ।

नेपालभर अशोक लेलैण्डका २० भन्दा बढी आधिकारिक वर्कसपहरु रहेका छन् । साथै, यसको पार्टपुर्जाहरु सजिलै पाइन्छ । इच्छुक व्यक्तिले आफ्नो नजिकैको अशोक लेलैण्डका सोरुममा गएर गाडी बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । अशोक लेलैण्डका सोरुमका लागि थप जानकारी चाहिएमा फोन नं. ९८०२०५७०७० मा सम्पर्क गर्न सकिने छ ।