२२ माघ, २०८१ मंगलबार
04:39:05 AM
२८ माघ, २०७८
काठमाण्डौं
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६६ औँ वार्षिकत्सव सम्पन्न भएको छ । सोही अवसरमा शुक्रबार नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पु¥याएको भन्दै अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो । नेपालीलाई उक्त अवार्ड प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रदान गर्नुभयो ।
यस्तै महानिरीक्षक थापाले प्रतिष्ठानको बार्षिक पत्रिका “प्रेरणा”को लोकार्पण गर्नुभएको थियो । उहाँले कार्यक्रममा बोल्दै प्रशिक्षण प्रतिष्ठानले आधुनिक प्रशिक्षण प्रणालीलाई आत्मसाथ गर्दै उत्तर आधुनिक युगलाई सम्बोधन गर्ने प्रशिक्षण प्रणाली निर्माण गरी त्यसलाई आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामाग्रीहरु निर्माण गर्न निर्देशन दिनुभयो ।
यस्तै उहाँले साइबर युगको वर्तमान अवस्थामा सोही अनुरुप अपराध अनुसन्धानको पद्धतिलाई पनि विकास गर्नुपर्ने बताउनुभयो ।