५ जेठ, २०८१ शनिबार

01:02:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डीडीसीले तोकेको दुधको मूल्य निजी डेरीले नमान्ने, लिटरमा बढाए १० रुपैयाँ

२८ माघ, २०७८

डीडीसीले तोकेको दुधको मूल्य निजी डेरीले नमान्ने, लिटरमा  बढाए १० रुपैयाँ

काठमाडौं
डीडीसीले तोकेको दुधको मूल्य निजी डेरी व्यवसायीहरुले नमान्ने भएका छन् । निजी डेरी व्यवसायीले दुधको मूल्य प्रतिलिटर १० रुपियाँ बढाएका छन् । यसअघि डीडीसीले भने दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको थियो । डीडीसीले बढाएको मूल्यमा निजी डेरी व्यवसायीले लिटरमा थप १ रुपैयाँ बढाएका हुन्।

डीडीसीले आजबाट लागू हुने गरी आधा लिटरको प्रशोधित दूध प्रति प्याकेटको ४२.५० पैसा कायम गरेको थियो । तर निजी व्यवसायीहरुले उक्त मूल्यलाई पनि बढाएर प्रति प्याकेटको ४३ रुपैयाँ पुर्याएका छन् । निजी व्यवसायीहरुले तोकेको दुधको मूल्य फागुन १ गतेदेखि लागु हुने छ । शुक्रबार डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दूधको मूल्य बढाइएको जानकारी दिएका हुन्।

कृषि तथा सहकारी मन्त्रालयले प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिए अनुसार  डीडीसीले प्रशोधित दूधको मूल्य निर्धारण गरेको थियो तर निजी डेरीले भने उक्त मूल्यमा असहमति जनाउँदै नयाँ मूल्य निर्धारण गरेको हो । निजी डेरीहरुले किसानहरुबाट लिने कच्चा दूध प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ। प्रशोधित दूध लिटरको ८६ कायम गरिएको छ।