६ जेठ, २०८१ आइतबार

10:49:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसी रोक्ने अधिकार सभामुखलाई छैनः एमाले अध्यक्ष ओली

२८ माघ, २०७८

एमसीसी रोक्ने अधिकार सभामुखलाई छैनः एमाले अध्यक्ष ओली

काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय सर्वाधिक चर्चाको विषय बनेको एमसिसि रोक्छु भन्ने सभामुखको व्यक्तिगत कुण्ठा भएको बताउनुभयो । सभामुख सार्वजनिक पद रहेको स्मरण गराउँदै उहाँले नीति, विधि र कानुन सम्मत ढंगबाट चल्न सभामुखलाई अनुरोध गर्नुभयो ।

 शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको भर्चुअल विधिबाट उद्घाटन गर्दै ओलीले यस्तो कुरा बताउनुभएको हो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्न अनुरोध समेत गर्नुभयो ।

उँहाले सरकारले एमसिसिबारे स्पष्ट धाराणा बनाउन नसकेको प्रति टिप्पणी गर्दै सरकारले आफैले गर्नुपर्नुे काम कसैले गर्दियोस भन्ने धारणा राख्नु निकम्बापन भएको बताउनुभयो । सरकारको नेतृत्व गर्ने तर काम नगर्ने परिपाटीबाट ग्रसित बर्तमान सरकारले आफ्ना नियमित काम समेत गर्न नसकेको टिप्पणी गर्नुभयो ।

यसैबीच एमालेले २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा गराउन विशेष ध्यान दिने ओलीले बताउनुभयो । साथै, एमाले जनतलाई भ्रममा पार्ने, अन्योलमा पार्ने परमादेशवादीका प्रयास असफल पार्नेतर्फ जाने उहाँले बताउनुभयो ।

देशभक्ति, लोकतन्त्र र संविधानको वास्तविक कार्यन्वयनको पक्षमा पार्न एमालेले विशेष ध्यान दिने उहाँले बताउनुभयो । यी कुरालाई ध्यान दिँदै एमाले स्थानीय तहको निर्वाचको तयारीमा लाग्ने उहाँले बताउनुयो । ओलीले एमाले गठबन्धन तोडेर होइन, लडेरै बहुमत ल्याउने तयारीमा लागेको पनि बताउनुभयो ।