२० बैशाख, २०८१ बिहिबार

12:45:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रणबीरको ‘शमशेरा’ २२ जुलाईमा रिलिज हुने

२८ माघ, २०७८

रणबीरको ‘शमशेरा’ २२ जुलाईमा रिलिज हुने

बलिउड कलाकार रणबीर कपूर अभिनित चलचित्र ‘शमशेरा’ २२ जुलाइमा रिलिज हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ‘शमशेरा’ हिन्दी, तमिल र तेलुगुमा रिजिल हुनेछ । 
रणबीरसँगै सो चलचित्रमा सञ्जय दत्त र वाणी कपूरको भूमिका रहेको छ । 

यशराज ब्यानरमा बनेको सो चलचित्रलाई करण मल्होत्राले निर्देशन गर्नुभएको हो । ‘शमशेरा’ ऐतिहासिक कथावस्तुमा निर्माण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रणबीरको ‘सन्जु’ पछि रिलिज हुन लागेको यो नयाँ चलचित्र हो ।