६ जेठ, २०८१ आइतबार

05:19:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संख्यात्मक रुपमा राष्ट्रिय गौरवका आयोजना घोषणा, सम्पन्न हुने कहिले ?

२८ माघ, २०७८

संख्यात्मक रुपमा राष्ट्रिय गौरवका आयोजना घोषणा,  सम्पन्न हुने कहिले ?

काठमाण्डौं
नेपाल सरकारले विभिन्न समयमा राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गर्दै आइरहेको छ । सर्व प्रथम आर्थिक वर्ष २०६८÷६९मा सरकारले एकैपटक १७ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०७०÷७१ चारवटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भनी घोषणा गरियो । पछिल्लो पटक आर्थिक वर्ष २०७५÷७६ मा १ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ । गौरवका आयोजनाहरु संख्यात्मक रुपले घोषणा गरियो तर आजसम्म एउटा पनि पूर्ण रुपले सम्पन्न हुन नसक्दा यसले सरकारलाई ऋण भार थप्दै लगेको छ । 

हालसम्म नेपालमा राष्ट्रिय गौरवका आयोजना २४ वटा रहेका छन् । सिक्टा सिंचाइ आयोजना, बबई सिंचाइ आयोजना, रानीजमरा कुलरीया सिंचाइ आयोजना,  भेरी बबई डाइभर्सन आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, वुढीगण्डकी जलविद्युत आयोजना, पश्चिम सेती जलविद्युत आयोजना, भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीयरअन्तर्राष्ट्रिय विमानस्थल, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष, लुम्विनी क्षेत्र विकास कोष, मध्य पहाडी (पुष्पलाल) लोकमार्ग, पूर्व पश्चिम रेलमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण (कोशी) लोकमार्ग, उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग, काठमाण्डौ तराई–मधेस द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, तमोर जलविद्युत् र सुनकोसी–मरिन डाइभर्सन हुन् ।
संख्याका हिसावले धेरै रहेका राष्ट्रिय गौरवका आयोजना कुनैपनि सम्पन्न हुन सकेका छैनन् । सबै आयोजनाहरु निर्माणाधिन अवस्थामै रहेका छन् । घोषित राष्ट्रिय गौरवका आयोजनालाई सरकारले बजेट र जनशक्तिको अभाव हुन नदिने कानूनी व्यवस्था पनि गरेको छ । कार्यन्वयनका क्रममा आउने अन्य कानूनी जटिलता पनि सरल बनाइएको छ तर पनि सरकारले यसरी उच्च प्राथमिकतामा राखेका आयोजनाहरुको प्रगति भने धेरै नै सुस्त पाइएको छ ।  

आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्म राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक देखिएको छ । अर्थमन्त्रालयले गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षाका क्रममा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक पाइएको हो ।

आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्म राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक देखिएको छ । अर्थमन्त्रालयले गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षाका क्रममा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक पाइएको हो । यस आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि कूल ८२ अर्ब २४ करोड ४४ लाख बजेट विनियोजन गरिएको थियो । यस ६ महिनाको अवधिमा आयोजनाहरुका लागि विनियोजन गरिएको कूल बजेटको १६.३९ प्रतिशत वा १३ अर्ब ४८ करोड ३६ लाखमात्र खर्च भएको छ । 
 
राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन गरिएको चालु बजेट ३ अर्ब ३८ करोड ४६ लाख, पूँजीगत बजेट ६६ अर्ब ४७ करोड १८ लाख र वित्तीय व्यवस्थातर्फ १२ अर्ब ३८ करोड ८०  रुपैयाँ छुट्याएको थियो । अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ को पहिलो ६ महिनामा चालु तर्फ १ अर्ब ३६ करोड ८० लाख, पूँजीगत तर्फ ११ अर्ब ६३ करोड ६ लाख र वित्तीय व्यवस्था तर्फ ४८ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । 
सरकारले तीन चरणमा घोषणा गरेका यि आयोजनाहरु समयमानै निर्माण हुन नसक्दा राज्यलाई हरेक वर्ष ३ अर्ब रुपैयाँ भन्दाबढि लागत बढ्दै गइरहेको छ । सबै आयोजनाहरु सञ्चालनमा रहेका छन् तर एउटा पनि सम्पन्न हुन सकिरहेको छैन ।