२२ माघ, २०८१ मंगलबार
04:21:51 AM
२८ माघ, २०७८
काठमाण्डौं
ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति २० दिनपछि फेला परेको छ।
शुक्रबार बिहान ललितपुर महानगरपालिकाको हात्तीवन गैरीगाउँको करूणा मन्दिर बाहिर फालेको अवस्थामा फेला परेको हो। मूर्ति माघ ९ गते बालकुमारी मन्दिरबाट चोरी भएको थियो।
स्थानीय बासिन्दाले जानकारी दिएपछि हामी पुग्दा बोरामा कोचिएको अवस्थामा मूर्ति भेटियो, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले भन्नुभयो। उहाँका अनुसार अहिले मूर्तिलाई पुरानै स्थानमा प्रतिस्थापन गर्ने तयारी भइरहेको छ।
कसले मूर्ति चोरी गरेको भन्ने खुलेको छैन। यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।