२२ माघ, २०८१ मंगलबार

04:21:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दाङ आगलागी अपडेट : निसासिएर पाँचको मृत्यु

Nepal Business

२८ माघ, २०७८

दाङ आगलागी अपडेट : निसासिएर पाँचको मृत्यु

२८ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ ।

चार पुरुष र एक बालिका गरी पाँच जनाको मृत्यु भएको पुष्टि

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले  चार पुरुष र एक बालिका गरी पाँच जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । राती २ बजे लागेको आगो विहान सम्म निभाउन सकिएको थिएन । 

आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । सबैको धुँवाले निसासिएर मृत्यु भएको जनाइएको छ । विद्युतको मिटर पड्किंदा आगलागी भएको जनाइएको छ ।