६ जेठ, २०८१ आइतबार

11:51:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमालेको, निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम आज देशभर १ बजे एकसाथ सुरु हुने

Nepal Business

२८ माघ, २०७८

एमालेको, निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम आज देशभर १ बजे एकसाथ सुरु हुने

काठमाडौं । नेकपा एमालेले आज (शुक्रवार) देखी देशभर एकसाथ स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सुरु गर्दै छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे एकसथा सबै स्थनीय तहमा निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको सुभारम्भ गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभएको छ ।  
पार्टीले आयोजना गर्न लागेको स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको तयारी स्वरुप कार्यक्रम हुन लागेको उपप्रमुख रिजालले बताउनुभयो ।

भुर्चअल बैठकमा केन्द्रीय कमिटीका पदाधिकारी,सदस्यहरु,प्रदेश कमिटीका पदाधिकारी,संघीय र प्रदेश सभासदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणका लागि तोकिएका सहभागी हुनुहुनेछ।