५ जेठ, २०८१ शनिबार

12:15:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हराएर माया मारेको बाइक पाएपछि ...

२७ माघ, २०७८

हराएर माया मारेको बाइक पाएपछि ...

नेपाल विजनेश समाचारदाता,

माघ २७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

माया मारेको बाइक पाउँदा धेरै खुसी भएको सम्बन्धीत धनीले बताएका छन् । विहिबार १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाइएको  छ

माया मारेको बाइक पाउँदा धेरै खुसी भएको सम्बन्धीत धनीले बताएका छन् । विहिबार १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको निवेदनपछि परिचालन गरेको टोलीले विशेष सक्रियताका साथ खोजतलासमार्फत मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको  एसएसपी जोशीले बताउनुभयो ।

उहाँले मोटरासाइकल चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी गरी सुचना संकलन भैरहेको र मोटरसाइकल चोरीमा संलग्न त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी कार्यसमेत भइरहेको बताउनुभयो । 

स्वयं सवारी धनी पनि विशेष चनाखो र सजक हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपायको समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।

पल्सर बढी चोरी 
उपत्यकाबाट दुई पाङ्ग्रे सवारी साधन मध्ये पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ । पल्सर बाहेक पछिल्लो समय स्कुटरहरु समेत हराएको भनी निबेदन पर्ने क्रम बढेको महाशाखाले जनाएको छ ।

कतिपय सवारी दर्ता किताव (विलबुक)सहित हराएका स्कुटर नम्बर प्लेटसमेत परिवर्तन नगरी चलाएको अबस्थामा सक्कल ब्लुबुक सहित ट्राफिक चेकिङ्गमा पर्दा ट्राफिक प्रहरीलाई समेत वास्तविकता निर्क्यौल गर्न कठिनाई हुने गरेको जनाइएको छ ।
महाशाखामा यस आर्थिक वर्षमा ८३१ वटा मोटरसाइकल हराएको निवदेन परेका मध्ये ३०९ वटा मोटरसाइकल फेला पारिएको छ ।  जस मध्ये २४४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । 

त्यैगरी बिभिन्न स्थानबाट मोटरसाइकलसहित ३८ व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान एव कारबाहीको लागि  प्रहरी वृत्तहरुमा पठाएको  महशाखाले जनाएको छ ।

त्यसैगरी ट्राफिक महाशाखाको सूचनाको आधारमा उपत्यकाबाट हराएका १३ वटा मोटरसाइकलह उपत्यका बाहिरका विभिन्न जिल्लाबाट नियन्त्रणमा लिइ सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखाले मोटरसाइकल चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाइबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत परिचालन गरेको छ ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाइनमार्फत समेत निवेदन दिन ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।