२२ माघ, २०८१ मंगलबार

04:25:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पछिल्लो २४ घण्टामा थप १ हजार ३६९ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

२७ माघ, २०७८

पछिल्लो २४ घण्टामा थप १ हजार ३६९ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा थप १३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनको पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार एन्टिजेन परीक्षण गर्दा ३५६ जना गरी १ हजार ३६९ जना गरी थप १३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २३८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।