३ मंसिर, २०८१ सोमबार
12:41:19 AM
२७ माघ, २०७८
एजेन्सि/ राज कुमार अधिकारी
इजरायली स्टार्टअप कम्पनी इलेक्ट्रोन ले गुडिरहेको विद्युतिय गाडिलाई चार्ज गर्न सक्ने सडक निर्माण गर्ने भएको छ । इलेक्ट्रोनले अमेरिकाको मिचिगन राज्य र प्रतिष्ठित कार कम्पनी फोर्ड तथा विद्युतिय उर्जा कम्पनी डिटिइसँगको सहकार्यमा अमेरिकाको मिचिगन राज्यमा झण्डै १.६ किलोमिटर वायरलेस चार्जिङ् सडक निर्माणको लागि सम्झौता गरेको हो ।
जसको निर्माण पश्चात सडक गुडिरहेको अवस्थामा पनि स्वतस्फुर्त रुपमा चार्ज हुने कम्पनीले जनाएको छ । त्यसको लागि विद्युतिय गाडिमा एउटा विशेष किसिमको रिसिभर एप्लिकेशन इन्स्टल गर्नुपर्ने हुन्छ । त्यसपश्चात मात्रै गाडिमा वायरलेस प्रविधिबाट त्यसमा रहेको ब्यट्रि चार्ज हुन सुरु हुने छ ।
उक्त रिसिभर इन्स्टलेसनको लागि गाडिधनिले ३ हजार अमेरिकि डलर देखि ४ हजार डलरसम्म खर्च गर्नुपर्नेछ । इलेक्ट्रोनले भने उक्त मूल्यलाई १ हजार डलर देखि १५ सय डलरसम्म झार्न सक्ने जनाएको छ । यस कम्पनिले अहिले सञ्चालनमा रहेकै कारहरुमा एक विशेष प्रकारको डिभाईस जडान गरी वारलेस चार्ज गर्न सकिने बनाउन लागेको हो । यो परिक्षण परियोजना हो ।
आगामी वर्षसम्म सम्पन्न हुने यस परियोजना सफल भए अमेरीकामा यसको विकास र विस्तार गर्दै लगिन कम्पनीका प्रतिनिधिहरुलाई उदृत गर्दै विभिन्न एजेन्सिहरुले समाचार लेखेका छन् ।
कम्पनीले सडक सतहभित्र विशेष प्रकारको प्रणाली सहितको तार जडान गरि सडकलाई चार्जिङ् स्टेसनको रुपमा विकास गर्न लागेको हो । सडकसतहभित्र जडित उक्त तारले चुम्बकिय तरङ्गमार्फत गुडिरहेको गाडिको ब्याट्रीलाई चार्ज गर्ने कम्पनीले जनाएको छ ।
साथै कम्पनीले केहि वर्षमा नै अमेरिकाका सार्वजनिक सडकलाई यस किसिमको वायरलेस प्रविधि सहितको चार्जिङ स्टेसनको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । सन २०१३ मा इजरायलमा स्थापित इलेक्ट्रोन वायरलेस कम्पनिले यस अघि पनि इजारायल, स्विडेन, इटली र जर्मनी लगायतका देशहरुमा विद्युतिय प्रविधिसँग सम्बन्धित विभिन्न परियोजनाहरु सफल रुपमा सम्पन्न गरेको छ ।