२२ माघ, २०८१ मंगलबार
04:32:04 AM
२७ माघ, २०७८
काठमाण्डौ ।
उच्च सरकारी वकिल कार्यालय, पोखराका तत्कालीन सह (न्यायाधिवक्ता) हाल निलम्बित सुरेन्द्र बहादुर थापाले बिभिन्न कार्यालयमा पदमा बहाल रहँदा एकसठ्ठी लाख दुई हजार भन्दा बढि भ्रष्टाचार गरको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरको छ ।
विशेष अदालत काठमाण्डौमा दायर मुद्धामा थापाले विभिन्न समयमा सरकारी सेवामा रहँदा आफ्नो पदको दुरुपयोग गरि ६१ लाख भन्दा बढि रकम आर्जन गरेको देखिएपछि मुद्धा दायर गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लखे गरिएको छ । स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अयोागले गरेको अनुसन्धानका क्रममा २०४५/०३/०५ गते सार्वजनिक सेवाको पदमा प्रवेश गरेदेखि आ।व। ०७५/०७६ सम्म वैध आय एक करोड छयात्तर लाख छयात्तर हजार एकसय बीस रुपैयाँ हुनुपर्ने थियो ।
तर यही अवधिमा दुई करोड सैतीस लाख अठहत्तर हजार एक सय सन्तानब्बे रुपैयाँ बरावरको सम्पत्ति देखिएपछि आयोगले गैर कानुनी सम्पक्ति आर्जको आरोपमा मुद्धा दायर गरेको हो । थापाले श्रीमती अन्जु खड्का थापाको नाममा ट्रक खरिद, जग्गा खरिद, घर निर्माण एवं विभिन्न बैंकहरुमा रकम जम्मा गरेको देखिएको छ ।
थापालाई एकसठ्ठी लाख दुई हजार छयात्तर रुपैयाँ सन्तानब्बे पैसा बिगो कायम गरी मुद्धा दायर गरिएको छ । थापाकी श्रीमती अन्जु खड्का थापासमेतलाई समेत यस मुद्धामा प्रतिवादी कायम गरी सम्पत्ति जफतको माग गरी आयोगले बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।