२६ बैशाख, २०८१ बुधबार

07:59:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

परिवर्तनमा शिक्षकको योगदान उल्लेखनीय : अध्यक्ष ओली

१७ मंसिर, २०७८

परिवर्तनमा शिक्षकको योगदान उल्लेखनीय : अध्यक्ष ओली


ललितपुर, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक, राजनीतिक र सामाजिक परिवर्तनमा शिक्षकको ठूलो योगदान रहेको बताउनुभएको छ । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति ललितपुरले आज आयोजना गरेको ‘शिक्षक भवन उद्घाटन एवम् १२आँै जिल्ला अधिवेशन’ समारोहमा उहाँले शिक्षकले कर्तव्यनिष्ठ, नैतिकवान र असल नागरिक तयार गर्नमा सराहनीय काम गरेको बताउनुभयो । “एक कुशल शिक्षकले दैनिक विद्यालयमा गएर पढाउने मात्रै नभएर समाजको जागरणमा समेत काम गर्नुपर्छ, एमालेले शिक्षकको काम र योगदानको सदैव सम्मान गर्दछ ।”

एमालेका केन्द्रीय सदस्य शुसिला नेपालले शिक्षा प्रणालीलाई अब वैज्ञानिक बनाएर प्रगतिशिलतातर्फ रुपान्तरण गर्न आवश्यक रहेको आँैल्याउनुभयो । सांसद नवराज सिलवालले शिक्षाको स्तरलाई अझै उकासेर लैजान आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य चेतनाथ सञ्जेल र ज्ञानेन्द्र शाक्यले शिक्षकले सहकार्यका माध्यमबाट आफनो पेशालाई अझ  सुदृढ गर्दै लानुपर्ने धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा अध्यक्ष ओलीले ‘शिक्षक सन्देश’ नामक विशेषाङ्क विमोचन गर्नाका साथै सो विद्यालय निर्माणमा  एक लाखभन्दा बढी रकम सहयोग गर्ने २७ शिक्षक दम्पत्तिलाई सम्मान गर्नुभयो । सो भवन ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित साँढे तीन आना जग्गामा करिब रु पाँच करोड लागतमा १० कोठाको निर्माण गरिएको सङ्गठनका अध्यक्ष सुरेन्द्र घिमिरेले बताउनुभयो ।