५ जेठ, २०८१ शनिबार

09:55:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दूधको मूल्य निर्धारण, प्रतिलिटर ८५ रुपैयाँ

२७ माघ, २०७८

दूधको मूल्य निर्धारण, प्रतिलिटर ८५ रुपैयाँ

काठमाण्डौं

सरकारले दूधको मूल्य निर्धारण गरेको छ । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) को बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण गरेको  हो ।

मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो । मन्त्रिपरिषदको निर्णयपछि कृषि मन्त्रालयले प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो ।

डीडीसीले उपभोक्ता मूल्य निर्धारण गरिसकेपछि त्यसैको आधारमा निजी डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन् । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपियाँ थियो । डीडीसीका अनुसार त्यसमा नौ रुपैयाँ वृद्धि गरी ८५ रुपैयाँ बनाएको हो । 

वृद्धि भएको नौ रुपैयाँमा प्रतिलिटर ६.५२ रुपैयाँ किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २.४८ रुपैयाँ उद्योगीका लागि वृद्धि भएको डीडीसीले जनाएको छ । उद्योगीले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्नुपर्ने माग गरेका थिए । १० रुपियाँमध्ये सात रुपैयाँ किसानको हुने र तीन रुपियाँ उद्योगीको हुने प्रस्ताव गरिएको थियो । मूल्य निर्धारण हुनु अघि किसानहरुले दूध म्रतिलिटर ४९.५२ रुपैयाँमा बिक्रि गरिरहेका थिए । 

राष्ट्रिय दुग्ध विकास बोर्ड अनुसार एक लिटर दूध उत्पादन गर्न औसत ६७.०७ रुपैयाादेखि ४५.३७ रुपैयाँ खर्च हुने गरेको देखिएको छ । अध्ययन गरेको जिल्लामा दूध उत्पादनको प्रतिलिटर औसत दाना खर्च २५.०७ रुपैयाँ रहेको छ । सबभन्दा बढी प्रतिलिटर दानामा खर्च गर्ने जिल्ला बाँकेमा ३३.८९ रुपैयाँ र काभ्रेमा २०.३३ रुपैयाँ हुने गरेको छ ।

सप्तरीमा २०.९६, इलाममा २१.१५, चितवनमा २३.२१, कैलालीमा २४.५९, रुपन्देहीमा २४.६०, मोरङमा २५.०० प्रतिशत, सर्लाहीमा २६.४४, कास्कीमा ३१.०० र सुर्खेतमा ३३.८९ रुपैयाा दानामा खर्च हुने गरेको बोर्डको अध्ययनले देखाएको छ ।