२२ माघ, २०८१ मंगलबार

04:32:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आयोगका सिफारिस मध्ये ८६ प्रतिशत कार्यान्वयन भएन, किन ?

Nepal Business

२६ माघ, २०७८

आयोगका सिफारिस मध्ये ८६ प्रतिशत कार्यान्वयन भएन, किन ?

२६ माघ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई गरेको सिफारिस १४ प्रतिशत मात्र कार्यान्वयन भएको जनाएको छ ।

आयोगले गरेको सिफारिस सरकारले १४ प्रतिशत मात्र कार्यान्वयन गरेको र पूर्णरूपमा कार्यान्वयन हुने वातावरण बनाउनका लागि प्रयास भइरहेको

आयोगका पदाधिकारीको पहिलो एक वर्षको प्रमुख गतिविधि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेको सिफारिस सरकारले १४ प्रतिशत मात्र कार्यान्वयन गरेको र पूर्णरूपमा कार्यान्वयन हुने वातावरण बनाउनका लागि प्रयास भइरहेको बताउनुभयो ।

उहाँले आयोगले गरेको सिफारिस कार्यान्वयनका  लागि एउटा संयन्त्र बनाउने तयारी भएको र भविष्यमा पूर्णरूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । आयोगमा २०७७ माघदेखि २०७८ मङ्सिर मसान्तसम्म आयोगमा जम्मा १२९ उजुरी दर्ता भएका छन् । त्यसमध्ये नयाँ र पुराना गरी जम्मा ३७८ थान उजुरी फछ्र्यौट भएका छन् भने निर्णय सङ्ख्या जम्मा ४६६ रहेका छन् । त्यसमा नीतिगत चार र उजुरीगत ५१ सिफारिस भएका छन् ।

सिफारिस कार्यान्वयनका  लागि एउटा संयन्त्र बनाउने तयारी भएको र भविष्यमा पूर्णरूपमा कार्यान्वयन हुने विश्वास व्यक्त

आयोगले गरेका नीतिगत सिफारिसमा मनोसामाजिक समस्याको उपचारका लागि स्वास्थ्य संस्थाको कमी रहेकाले प्रदेशस्तरमा समेत यस्ता स्वास्थ्य संस्थाको विस्तार गर्न र हाल भएका स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गरी व्यवस्थापनमा सुधार गर्नुपर्ने रहेको छ ।

 त्यस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचानको अधिकारलाई सम्मान गर्नुपर्ने, कारागार र हिरासतको स्तरोन्नति गर्न र सुरक्षाको व्यवस्था मिलाउन र स्थानीय सरकारले कानून निर्माण गर्दा मानव अधिकारमैत्री हुनेगरी निर्माण गर्नुपर्ने रहेको छ ।

उजुरीगत सिफारिसमा पहिचान भएका पीडकलाई कानूनबमोजिम कारवाही गनुपर्ने, पीडक पहिचान गरी कानूनबमोजिम कारवाही गर्नुपर्ने, पहिचान भएका पीडक, निकायलाई कारवाही गर्नुपर्ने र पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने रहेको छ ।

 सबैको प्रयासका बाबजुद पनि देशको मानव अधिकारको अवस्था त्यति सन्तोषजनक नरहेको हुँदा मानव अधिकारको अवस्थामा सुधार ल्याउन राज्यका सबै निकायले आपसी सहकार्य गर्न आवश्यक रहेको आयोगको बुझाइ छ ।