२२ माघ, २०८१ मंगलबार

04:37:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पछिल्लो ३ महिनामा ५५ अर्ब अन्तराष्ट्रिय सहायता, अनुदान भन्दा ऋणको अंश धेरै ठूलो

२६ माघ, २०७८

पछिल्लो ३ महिनामा ५५ अर्ब अन्तराष्ट्रिय सहायता, अनुदान भन्दा ऋणको अंश धेरै ठूलो

काठमाण्डौं
नेपालले पछिल्लो ३ महिनामा  करिब ५५ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार नेपालले २०७९ कात्तिकदेखि पुससम्मको अवधिमा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता पाएको हो ।  प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहायतामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ अनुदान र ५३ अर्ब ८७ करोड ३ लाख ६ हजार रुपैयाँ ऋण सहायता रहेको छ । 
नेपालले पछिल्लो ३ महिनामा अनुदान र ऋण गरी कूल ५४ अर्ब ९१ करोड ९ लाख ६ हजार रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ । 

पछिल्लो तीन महिनामा एसीयाली विकास बैंक (एडीबी) ले ७ अर्ब १७ करोड रुपैयाँ, कोरियाले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएमएफ) ले ४६ अर्ब ७९ करोड ३ हजार रुपैयाँ नेपाललाई उपलब्ध गर्ने सम्झौता नेपाल सरकारसँग गरेका छन् ।