५ जेठ, २०८१ शनिबार

10:18:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खाद्य कम्पनीले ९३ करोड १८ लाख बराबरको चामल खरिद गर्ने

Nepal Business

२६ माघ, २०७८

खाद्य कम्पनीले ९३ करोड १८ लाख बराबरको चामल खरिद गर्ने

काठमाण्डौं
नेपाल सरकारको स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १ लाख ६२ हजार ५ सय क्विन्टल चामल खरिद गर्ने भएको छ । कम्पनीले यस लटमा करिब ९३ करोड १८ लाख मूल्य बराबरको चामल खरिद गर्न लागेको हो । कम्पनीले आफ्नो लक्ष्य अनुसार धान खरिद गर्न नसकेपछि चामल खरिद गर्न लागेको छ ।

चामल खरिदका लागि टेन्डर आह्वान गरिएको छ । हाम्रो बजेटको सीमा ९३ करोड १८ लाखको हो, यसैको आधारमा १ लाख ६२ हजार ५ सय क्किन्टल चामल खरिद गर्न सकिने टेन्टिटिभ योजना रहेको कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने सुवेदीले बताउनु भयो । खुला प्रतिस्पर्धाबाट सबैभन्दा सस्तो कबोलमा तोकिएको मापदण्डको चामल उपलब्ध गराउने कम्पनीबाट खरिद गछौं । पहिले गुणस्तर युक्त धान नपाएपछि चामलै खरिद गर्ने निर्णयमा कम्पनी पुगेको प्रवक्ता सुवेदीले बताउनु भयो । 

 हाम्रो बजेटको सीमा ९३ करोड १८ लाखको हो, यसैको आधारमा १ लाख ६२ हजार ५ सय क्किन्टल चामल खरिद गर्न सकिने टेन्टिटिभ योजना रहेको कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने सुवेदीले बताउनु भयो ।

 हरेक वर्ष कम्पनीले धान किनेर कुटाएर बिक्री गर्दै आएको थियो । तर यस पटक लक्ष्य अनुसारको धान खरिद गर्न नसकिएकोले चामलको लागि टेण्डर आह्वान गरेका हौं । उहाँका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा ७ हजार ४ सय ४२ क्विन्टल धान खरिद गरिएको छ । चालु आर्थिक वर्षमा कम्पनीले ३ लाख २० हजारक्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकोमा यस वर्ष एकदमै कम परिमाणमा धान गरिद गरेको छ । व्यवसायीहरुले धान पाक्ने समयमानै किसानबाट धान गरिद गरेपछि बजारमा अभाव सृजना भयो त्यसैले कम्पनीले आफ्नो लक्ष्य अनुरुपको धान खरिद गर्न सकेन । यस वर्ष सरकारले निर्धारण गरेको समर्थन मूल्यमा नै धान खरिद गरेको कम्पनीले जनाएको छ । 
कम्पनीका अनुसार अहिले १ लाख ६६ हजार ३ सय ४६ क्विन्टल खाद्यान्न मौज्दात रहेको छ । सुगम जिल्लामा ६० हजार ६ सय ५२ क्विन्टल चामल, २४ दुर्गम जिल्लामा २३ हजार क्विन्टल चामल मौज्दात रहेको छ । दुर्गम र सुगम जिल्ला गरेर ८३ हजार ६ सय ९३ क्विन्टल चामल मौज्दात रहेको कम्पनीले जानकारी दिएको छ ।  यसैगरी कम्पनीसँग ७९ हजार ३ सय १५ क्विन्टल धान र ३ हजार ३ सय ३७ क्विन्टल गहुँ मौज्दात रहेको छ ।

कम्पनीले हालसम्म सुगम जिल्लामा ४४ हजार १ सय २० र दुर्गमका  २४ जिल्लामा ५७ हजार क्विन्टल खाद्यान्न वितरण गरेको जानकारी दिएको छ । दुर्गम जिल्लाहरुमा नियमित रुपमा खाद्यान्न ढुवानी गरिरहेको कम्पनीले बताएको छ ।  कम्पनीले लामो समयदेखि विभिन्न खाद्यान्न सस्तो मूल्यमा बिक्री गर्दै आएको छ । उपभोक्तालाई राहत दिनका लागि बजारमा चलिरहेको मूल्यभन्दा सस्तोमा खाद्यान्न बिक्री गर्ने गरेको कम्पनीको दाबी छ ।  

यस वर्ष कम्पनीले बिर्तामोडबाट सोना मन्सुली धान ९ सय ३० टन, रन्जित धान १.९ टन र सोना मन्सुली धान ९ सय ९६ टन खरिद गरेको जानकारी दिएको छ । यसैगरी विराटनगरबाट ९ सय ९६ टन, लहानबाट १८ सय टन, जनकपुरबाट १८ सय टन, वीरगन्जबाट १८ सय टन र भैरहवाबाट १ हजार टन धान खरिद गरेको छ ।