६ जेठ, २०८१ आइतबार

10:04:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मधेश प्रदेशमा निर्वाचन असोजमा गर्न लोसपा माग

२६ माघ, २०७८

मधेश प्रदेशमा निर्वाचन असोजमा गर्न लोसपा माग

काठमाण्डौंं
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २०७९ मा गर्न माग गरेको छ ।

सरकारले सोमबार मात्रै स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ । अघिल्लो पटक तीन चरणमा चुनाव भएको भए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार सबै जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने निर्वाचन आयोगले बताएको छ ।

अघिल्लो निर्वाचन २ असोज २०७४ मा भएकोले निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार खुम्चिन पुग्ने लोसपाले दावी गरेको छ । लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनल भन्छन्, संविधानले स्थानीय जनप्रतिनिधिको पदापधि ५ वर्ष हुन्छ भनेको छ । मधेश प्रदेशका जनप्रतिनिधिको कार्यकाल पाँच छ महिना नै कटौती गर्ने अधिकार कसैलाई छैन, निर्वाचन आयोगलाई पनि छैन ।

अघिल्लो समय असोजमा निर्वाचन भएकोले निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल पुरा हुनुपर्ने उहाँको भनाई छ । हामी आवधिक निर्वाचनको पक्षमा छौं, स्थानीय निर्वाचन घोषणाको पनि स्वागत गरेका छौं, तर कसैको अधिकार कुण्ठित गर्ने कसैको मनसाय हुनुहुन्न । मधेश प्रदेशको निर्वाचन असोजमा गर्ने वातावरण बनाउनु पर्नेमा उहाँको जोड छ ।