५ जेठ, २०८१ शनिबार

02:24:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमएडब्लु लाइफले सुरु गर्यो जिप एक्सचेन्ज इभेन्ट

२६ माघ, २०७८

एमएडब्लु लाइफले सुरु गर्यो जिप एक्सचेन्ज इभेन्ट

काठमाडौं
नेपालका लागि जिपको आधिकारिक बिक्रेता एमएडब्ल्यू लाइफले पुरानो गाडीलाई एक्सचेन्ज गरेर २०२२ जिप कम्पास खरिद गर्न चाहने ग्राहकका लागि बुधबारदेखि देशभर रुपमा जिप एक्सचेन्ज इभेन्ट, ‘अपग्रेड योर एड्भेन्चर’ सुरु गरेको छ ।

कम्पनीका अनुसार यो एक्सचेन्ज इभेन्टमा ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडीको बजारमा सबैभन्दा उच्च मूल्य पाउनुका साथै स्पट फाइनान्सिङको सुविधा पनि पाउनेछन् । साथै, ग्राहकले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स, एक वर्षका लागि निःशुल्क सडक कर र एसेसोरिज पाउनेछन् ।

त्यस्तै, एमएडब्ल्यू लाइफले २०२२ कम्पासका सबै मोडेल अधिकतम ७० प्रतिशत फाइनान्सिङ र १२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ । जिपले मात्र २४ घन्टामा लोन स्वीकृत गरी ग्राहकलाई जिप डेलिभरी गर्ने व्यवस्था पनि मिलाएको छ । यो वर्षको सुरुमा जिपको नयाँ कम्पास सार्वजनिक गरिएपछि प्रिमियम एसयूभी सेग्मेन्टमा जिपको बिक्री उल्लेखनीय रुपमा बढेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार नयाँ कम्पास १.४ लिटरको पेट्रोल र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध छ । पेट्रोल इन्जिनले १६३ एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्छ भने डिजेल इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जिपको लेजेन्डरी ४ बाई ४ सिस्टम भने डिजेल भेरियन्टमा उपलब्ध छ । जसमा अटो, स्नो, स्यान्ड र मड गरी चार मोड उपलब्ध छ ।

जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडेल एस गरी चार ट्रिममा उपलब्ध रहेको र जसको मूल्य ८७ लाख ९० हजारदेखि एक करोड ३९ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीको भनाइ छ ।

एमएडब्ल्यूले लाइफले नेपाल बजारमा कम्पासबाहेक र्‍यांग्लर, र्‍यांगलर अनलिमिटेड, ग्रान्ड चेरोकी र ग्लेडियटर उपलब्ध गराउँदै आएको छ ।