५ जेठ, २०८१ शनिबार

01:56:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सहकारी मन्त्री श्रेष्ठको उपलब्धि, ५० बुँदा ७ पेज

Nepal Business

२६ माघ, २०७८

सहकारी मन्त्री श्रेष्ठको उपलब्धि, ५० बुँदा ७ पेज

काठमाण्डौ । 
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मंगलबार आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै सहकारी भूमी सुधार र सहकारीको क्षेत्रमा आफुले महत्वपूर्ण काम गरेको बताउनुभएको छ । तर मन्त्री श्रेष्ठले सार्वजनिक गरेको प्रगतिमा अघिल्ला सरकार र मन्त्रीले गरेका कामकै निरन्तरता बाहेक केही देख्न सकिँदैन ।

अघिल्ला सरकार र मन्त्रीहरुले गरेका काम बाहेक यस पटक सुकुम्वासी र भूमिहिनका लागि लालपूर्जा वितरणको काम सुरु हुनुलाई प्रमुख बुँदामा राखिएको छ । भूमि व्यवस्था र सहकारी दुवै विषय जोडिने यस मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्रीले गरेका साना देखी ठूला कामको फेहरीस्त सार्वजनिक गरिएको छ । मन्त्रीको प्रगति प्रतिवेदन ५० बुँदा र ७ पेजको रहेको छ ।