२२ बैशाख, २०८१ शनिबार

09:44:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजेट अभावले १ वर्षदेखि अलपत्र पदमार्ग, सम्पन्न गर्न १ करोड खर्च लाग्ने

Nepal Business

२६ माघ, २०७८

बजेट अभावले १ वर्षदेखि अलपत्र पदमार्ग, सम्पन्न गर्न १ करोड खर्च लाग्ने

बागलुङ
बागलुङ जिल्लाको निर्माणाधीन भीमसेन ढुङ्गा–घुम्टे पदमार्ग बजेट अभावमा अलपत्र परेको छ । पर्यटकीय लेक घुम्टे जोड्ने सो पदमार्गलाई यस वर्ष कतैबाट पनि बजेट विनियोजन गरिएन । चार वर्षअघि निर्माण थालिएको उक्त पदमार्गको काम गत वर्षको माघयता ठप्प छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको  १० लाख बजेटमा अघिल्लो वर्ष ठूलासम्मादेखि गल्लाको घाँटीसम्म १ किमी पदमार्ग बनेको थियो ।

मजदुरले वनमै बास बसेर सो खण्डमा काम गरेका थिए । निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बजेट नहुँदा वर्ष दिनदेखि पदमार्ग निर्माण रोकिएको बताउनुभयो । तीन वर्षसम्म बजेट आयो, काम पनि भयो, अहिले पदमार्ग अलपत्र जस्तै छ, उहाँले भन्नुभयो, बजेट ल्याउन कतैबाट पनि पहल भएन, हामीले माग गर्दा कोरोनालाई कारण देखाइयो । गलकोट नगरपालिका–७ मल्म, दरमखोलाछेउको भीमसेनढुङ्गादेखि घुम्टे जोड्ने झण्डै दश किमीको उक्त पदमार्गलाई दुई खण्डमा बाँडेर निर्माण सुरु गरिएको थियो । पहिलो खण्डले भीमसेन ढुङ्गादेखि राम्चेढुङ्गालाई समेटट्छ । राम्चेढुङ्गादेखि तुलसी मैरो हुँदै घुम्टेसम्म दोस्रो खण्ड पर्छ । 

पर्यटकीय लेक घुम्टे जोड्ने सो पदमार्गलाई यस वर्ष कतैबाट पनि बजेट विनियोजन गरिएन । चार वर्षअघि निर्माण थालिएको उक्त पदमार्गको काम गत वर्षको माघयता ठप्प छ ।

सुरुको वर्ष भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत दुवै खण्डमा  दश÷दश लाख बराबरको काम भएको थियो । दोस्रो वर्षदेखि भने तल्लो खण्डमा बजेट आउन रोकियो । सुरुको बजेटबाट त्यस खण्डको आँगाखेतदेखि तल्लो सिरबारेसम्म जम्मा ५ सय मिटर पदमार्ग बनेको छ । 

त्यसपछि उक्त खण्डका लागि न बजेट आयो न काम नै भयो । माथिल्लो खण्डमा भने त्यसपछि पनि २ वर्षसम्म काम भएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार प्रदेश र सङ्घ सरकारको पर्यटन मन्त्रालयमार्फत हालसम्म आएको  तीस लाख बजेटबाट राम्चेढुङ्गादेखि गल्लाको घाँटीसम्म करिब ३ किमी पदमार्ग बनेको छ । 

अफ्ठेरो र कठिन भूगोलका बावजुद पनि गत वर्ष वनमै बास बसेर मजदुरले पदमार्ग बनाएका थिए, अध्यक्ष थापाले भन्नुभयो, स्थानीय सीप र प्रविधिको प्रयोगबाट मौलिक ढङ्गले पदमार्ग निर्माण भइरहेको छ । दोस्रो खण्डमा अझै २ किमी जति पदमार्ग बनाउन बाँकी छ । 

यसका लागि थप ४० लाख बजेट चाहिने निर्माण समितिले जनाएको छ । पहिलो खण्डमा भने ४ किमीमा कामै हुन सकेको छैन । पदमार्गको सिङ्गो योजनामा १ करोड बढी खर्च लाग्ने अनुमान छ । गलकोट नगरपालिका र वडाले भने हालसम्म पदमार्गका लागि कुनै सहयोग गरेको छैन ।

धेरैपटक निवेदन लिएर बजेट मागका लागि स्थानीय सरकारसम्म धाउँदा कोरोनालाई देखाएर टार्ने गरिएको निर्माण समितिको गुनासो छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले  पदमार्गकै लागि भनेर छुट्टै बजेट माग नभएको उल्लेख गर्नुभयो ।

धेरैपटक निवेदन लिएर बजेट मागका लागि स्थानीय सरकारसम्म धाउँदा कोरोनालाई देखाएर टार्ने गरिएको निर्माण समितिको गुनासो छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले  पदमार्गकै लागि भनेर छुट्टै बजेट माग नभएको उल्लेख गर्नुभयो ।

राम्चेढुङ्गाको पर्यटन विकास नगरको प्राथमिकतामा छ, बजेट पनि दिएका छौँ, उहाँले भन्नुभयो, पदमार्गको योजना र बजेटको प्रस्ताव भने हामीकहाँ आएजस्तो लाग्दैन । नगरप्रमुख गैरेले पर्यटनको एकीकृत विकास योजना नबनेसम्म टुक्रे काम र बजेटले सोचेजस्तो परिणाम दिन नसक्ने बताउनुभयो । 

पर्यटनका योजना पार्न स्थानीयवासी पनि चनाखो र जागरुक बन्नुपर्ने उहाँको धारणा छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले सो पदमार्ग बनेमा घुम्टे, राम्चेढुङ्गासहित आसपासका गन्तव्यस्थलको प्रवद्र्धन र ग्रामिण पर्यटनको उत्थानमा टेवा पुग्ने बताउनुभयो । त्यस पदमार्गले घुम्टेसम्मको दूरी पनि छोट्याउने उहाँको भनाइ छ । पदमार्ग निर्माणको कामलाई गति दिएर बेलैमा सक्न स्थानीय तहसहित राज्यका निकायले यथोचित बजेटको प्रबन्ध गर्नुपर्ने उपाध्यक्ष थापाले उल्लेख गर्नुभयो । 

गण्डकी प्रदेशका १ सय पर्यटकीय गन्तव्यमा सूचीकृत घुम्टे गलकोट र ताराखोला गाउँपालिकाको सीमामा अवस्थित जिल्लाकै अग्लोमध्येको लेक हो । ३ हजार १ सय १० मिटरको उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक हिसाबले महत्वपूर्ण मानिन्छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान पर्यटकका लागि आकर्षक गन्तव्य हो, घुम्टे । त्यहाँ रहेको सिद्ध र भैरव मन्दिरको दर्शन गर्नाले मकोकाङ्क्षा पूरा हुने लोकविश्वास छ ।