२२ माघ, २०८१ मंगलबार
04:26:11 AM
२६ माघ, २०७८
काठमाडौं
काठमाडौंको बालाजु बाईपासबाट स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट ककनी गाउँपालिका–३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा मंगलबार दिउँसो ढुंगानालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।