५ जेठ, २०८१ शनिबार

09:55:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली ग्राहको लागि सुजुकीले शुरु गर्यो ‘वर्कसप अन ह्वील’

२६ माघ, २०७८

नेपाली ग्राहको लागि सुजुकीले शुरु गर्यो  ‘वर्कसप अन ह्वील’

काठमाडौं
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजीे होल्दिन्ग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि वर्कसप अन ह्वील सुरु गरेको छ । स्मार्ट वो वर्कसपको नयाँ पहलले सुजुकी ग्राहकले आफनो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्ने बताइएको छ ।

कम्पनीका अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडी सम्बन्धि कार्य गर्नेछन् । सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठका अनुसार ,“ यो नयाँ पहल हाम्रो ग्राहक माझमा ल्याउन पाउदा हामी हर्षित छौं । यो चार पांग्रे सवारी मा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ ।

यो सुबिधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थान मा पुगी सेवा दिनेछ । यो सेवा हाल काठमाडौँ , पोखरा, भैरहवा र नारायणगढमा उपलब्द छ र चाडै नेपालका सम्पूणर् प्रमुख सहरमा उपलब्ध हुने छ ।