६ जेठ, २०८१ आइतबार

10:37:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माओवादीको केन्द्रीय समिति बैठक माघ २८ र २९ गते प्रज्ञा भवनमा बस्ने

२६ माघ, २०७८

माओवादीको केन्द्रीय समिति बैठक माघ २८ र २९ गते प्रज्ञा भवनमा बस्ने


काठमाडौं
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

बैठक बिहान ११ बजेदेखि सुरु हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवशेन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो ।
बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।