३ मंसिर, २०८१ सोमबार

02:33:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ड्रागन फ्रुट फलाउने मन्त्री (कृषिमै मन बस्यो, अब यसैलाई राम्रो गर्दै जाने हो)

Nepal Business

२६ माघ, २०७८

ड्रागन फ्रुट फलाउने मन्त्री (कृषिमै मन बस्यो, अब यसैलाई राम्रो गर्दै जाने हो)

तश्विर रासस

दाङ । 
जीवनको अधिकांश समय राजनीतिमा विताएर अहिले कृषि पेशामा लाग्नुभएका लोकेन्द्र विष्ट मगरको नेपाली राजनीतिमा धेरै ठूलो योगदान छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका विष्ट तत्कालीन माओवादी शान्ति प्रक्रियामा आइसकेपछि माओवादी पार्टीमा केन्द्रीय सदस्य हुँदै २ पटक मन्त्रीसमेत हुनुभयो ।

राजनीनिमा लागेर मन्त्रीसम्म भइसकेका उहाँ अहिले ड्रागन फ्रुटको खेती गरिरहनुभएको छ । बिष्टको अहिले दाङको बिजौरीमा ३ बिगाह भन्दा बढी जग्गामा रसिलो र स्वादिलो सिउँडी प्रजातिको ड्रागन फ्रुटको खेती फस्टाईरहेको छ । करिव १ करोड लगानी भएको बिष्टको ड्रागन फ्रुटको बगान छ । ड्रागन फल पोषण तत्व र विभिन्न रोग विरुद्व लड्नका लागि उपयोगी फल हो ।

कुनै सामान्य पदमा पुग्दापनि विभिन्न ढंगबाट लाभ लिने र कामै नगरी राजनीति गर्नेहरुका लागि उहाँ एक उदाहरणिय पात्र हुनुहुन्छ । देशका विभिन्न स्थानमा कृषि फार्म सञ्चालन गरेको अनुभव संगालीसक्नुभएका पूर्व मन्त्री विष्टलाई राजनीति भन्दा कृषि क्षेत्रै प्यारो लाग्न थालेको छ । कुनै समय सक्रिय र भूमिगत राजनीतिमा संलग्न उहाँले राजनीतिलाई गलत प्रवृति भएका मानिसहरुका कारण नराम्रो बनाइएको भन्नुहुन्छ । हरेक क्षेत्रको सुधारका लागि राजनीति अपरिहार्य छ । तर मलाई कृषिमै मन बस्यो, अब यसैलाई अझै राम्रो गर्दै जाने हो ।