६ जेठ, २०८१ आइतबार

12:52:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कारण नखुलाई सारियो प्रतिनिधिसभा बैठक, फागुन २ मा बस्ने

२६ माघ, २०७८

कारण नखुलाई सारियो प्रतिनिधिसभा बैठक, फागुन २ मा बस्ने

काठमाण्डौ । 
पटक–पटक स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक फाल्गुण २ गतेका लागि सारिएको छ । प्रतिनिधिसभाको बुधबार दउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ । यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् ।

बुधबारका लागि सभामुख अग्नि प्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएपनि संसद खुलाउने विषयमा सहमति जुट्न नसकेपछि आजको बैठक पनि सारिएको हो । सरकार एमसिसि संसदमा पेश गर्ने वा नगर्ने भन्ने निर्णयमा पुग्न नसक्दा संसद सञ्चालनको विषय पनि पर धकेलिएको छ । यसैगरी आफुले कार्वाही गरेका गैर सांसद सहभागि हुने प्रतिनि सभाको बैठक सञ्चाल हुन नदिने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्धमा विरोध जनाउँदै आएको छ ।

यि सबै विषयमा सहमति जुटाउनका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले शिर्ष तहमा संवा थाल्नुभएको छ । प्रधानमन्त्रीसंगको भेटमा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अडान कायम राख्नुभएको बैठकमा सहभागि एमाले महासचिव शंकर पोख्रेलले जानकारी दिनुभएको थियो । एमालले आफ्नो पूर्ववत प्रस्तावहरु फिर्ता नलिएसम्म वा सहमति नजुटेसम्म संसद्ध सहज रुपमा सञ्चालन हुने सम्भावना कम छ ।

आज बुधवारका लागि बोलाईएको बैठक सारेर यस बीचमा सहमतिको प्रयास गरिने नेताहरुले बताएका छन् । यस अघि शिर्ष तहमा भएको छलफललाई निरन्तरता दिने र सहमति जुट्न नसकेका सबै विषयमा सहमतिको प्रयास र पहल गरिने स्रोतले जनाएको छ ।