६ जेठ, २०८१ आइतबार

02:09:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसिसीले प्रतिनिधिसभा रोकिँदै, फागुन २ मा बस्ने

२५ माघ, २०७८

एमसिसीले प्रतिनिधिसभा रोकिँदै, फागुन २ मा बस्ने

२५ माघ । प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ ।

 

यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा मंगलबार साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ । यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् ।

मुख्यगरी एमसिसीको विषयमा सत्तारुढ दलबीच मत नमिलेपछि बैठक सारिएको श्रोतले बताएको छ । 

यही माघ १६ गतेको बैठक पनि स्थगित गरिएको थियो । बेधबारको बैठकमा सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका बोलाउनुभएको थियो ।  संसद सचिवालयले पनि बैठकको कार्यसूचि नै सार्वजनिक गरेको थियो । जसमा 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूचि थियो ।