२२ माघ, २०८१ मंगलबार
04:39:50 AM
२५ माघ, २०७८
काठमाण्डौं
शताब्दी पुरुष डा.सत्यमोहन जोशी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएको छ । शरीरमा अक्सिजन कमी भएपछि जोशीलाई सोमबार ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकद्धारा बताइएको छ ।
परिवारका सदस्य अजरमान जोशीले भन्नुभयो, अहिले स्वास्थ्य ठिक छ। आजै सिटी स्क्यान गरिएको र अरु पनि परीक्षण भइरहेको छ । उहाँ अहिले किताब पढ्दै हुनुहुन्छअघिभन्दा धेरै फ्रेस देखिइरहनु भएको छ परिवारका सदस्यले बताउनु भयो । जोशीलाई अझै एकसाता अस्पतालमा बस्नुपर्ने अस्पतालका चिकित्सकले बताउनु भयो।