५ जेठ, २०८१ शनिबार

11:11:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समयमै मल नपाउँदा आलु उत्पादन घट्यो

२५ माघ, २०७८

समयमै मल नपाउँदा आलु उत्पादन घट्यो

सर्लाही
 जिल्लाको उत्तर।पश्चिम भेगमा व्यवसायिक आलु खेती गदै आएका किसान समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा दोब्बर कमी आएको छ । गत वर्षका तुलनामा जिल्लामा आलु उत्पादनमा कमी आएको छ ।

बरहथवा नगरपालिका(१ हजरियाका किसान रामकुमार नेपालले भनुभयो,“विगतका वर्ष पनि आलु उत्पादन कमै भएको थियो । समयमा मल नपाउँदा यसवर्ष पनि झन् कमी आयो । उत्पादित आलुले बजार समेत पाएको छैन । ” प्रतिकिलो २५ देखि ३० रुपैयाँमा बीउ किनेर रोपेको आलु अहिले १५ रुपैयाँमा बिक्री गर्नुपरेको उहाँले गुनासो गर्नुभएको छ ।

भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको यहाँका किसानको गुनासो छ । किसानले आलु व्यापारीलाई प्रतिकिलो १६ रुपैयाँमा खेतबाटै बिक्री गरिरहेका छन् । बागमती नगरपालिका( ६ राजघाटका किसान पनिलाल रामले भनुभयो ,’“आलु लगाउने समयमा युरिया मलको अभाव भयो । ”

जिल्लाको बरशथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शङ्करपुरलगायत क्षेत्रमा व्यावसायिक आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिन्छ ।

जिल्लाभर एक हजार ४ सय हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिनुभयो  । जिल्लामा उत्पादन भएको आलु मलङ्गवा, चपुर, वीरगन्ज र कलैयामा रहेको शीत भण्डारमा भण्डारनका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानको गुनासो छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दीपक थापा मगरलले जिल्लामा मल अभाव नरहेको बताउनुभयो । रासस