६ जेठ, २०८१ आइतबार

06:13:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खानीखोला हाइड्रोपावरको नाफा २ करोड ७८ लाख

Nepal Business

२५ माघ, २०७८

 खानीखोला हाइड्रोपावरको नाफा २ करोड ७८ लाख

काठमाण्डौं
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ७८ लाखभन्दा बढी खुद नाफा कमाएको छ ।

गत वर्ष यो अवधिसम्म ३ करोड ९७ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यो वर्ष नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । यो वर्ष कम्पनीको सञ्चालन नाफा १०९ प्रतिशत वृद्धि भएकाले खुद नाफा बढेको हो । 
गत वर्ष ३ करोड ९८ लाख सञ्चालन नाफा गरेको कम्पनीले यो वर्ष  ८ करोड ३३ लाखभन्दा बढी यो नाफा गरेको  हो । विद्युत् विक्रीबाट गत वर्ष ५ करोड ७१ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ८४.९५ प्रतिशत बढी वा १० करोड ५६ लाख विद्युत् विक्रीबाट आम्दानी गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार छ भने बचत कोष रकम २ करोड ९९ लाख ऋणात्मक रहेको छ । गत वर्षको तुलनामा यो वर्ष बचत कोषको ऋणात्मक रकम ९५.३ प्रतिशत कम भएको हो ।
कम्पनीको दीर्घकालिन कर्जा भने २.१३ प्रतिशत कम वा ८४ करोड ८२ लाख रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी  ५.५७ रहेको छ भने प्रतिशेयर नेटवर्थ  ९३.५७ रहेको छ ।