१९ मंसिर, २०८१ बुधबार
02:14:39 PM
२५ माघ, २०७८
अडानी १६ वर्षको उमेरमा गुजरातबाट मुम्बई जानुभएको थियो । मुम्बईमा उँहाले हिरा कारोबारको काम सिक्नुभयो । त्यसपछि १८८१ म पुनःगुजरात फर्कनुभयो । र आफुनो भाइको प्लास्टिक फ्याक्ट्रिमा काम सुरु गर्नुभयो ।
एजेन्सी
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै अडानी ग्रुपका अध्यक्ष गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल हुनुभएको छ । अडानीकोट नेवर्थ ८८.५ अर्ब डलर पुगेको छ भने अम्बानीको ८७.९ अर्ब डलर रहेको ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सले जनाएको छ । अडानी संसारको धनीमध्ये १० औं स्थानमा हुनुहुन्छ भने अम्बानी ११ औँं स्थानमा । अडानीले पहिलो पटक यो सफलता हासिल गर्नुभएको हो ।
अडानी १६ वर्षको उमेरमा गुजरातबाट मुम्बई जानुभएको थियो । मुम्बईमा उँहाले हिरा कारोबारको काम सिक्नुभयो । त्यसपछि १८८१ म पुनःगुजरात फर्कनुभयो । र आफुनो भाइको प्लास्टिक फ्याक्ट्रिमा काम सुरु गर्नुभयो ।
तर कारोबारको दुनियाँमा भने उँहाले ठूलो लगानी पाँच लाखको थियो । उँहाले १९८८ मा अडानी एक्सपोर्टस सञ्चालनमा ल्याउनुभयो । विस्तारै कम्पनीलाई सफलता मिल्दै जाँद एक्सपोर्टसबाट कम्पनी अडानी इन्टरप्राइजेज बन्यो । सो कम्पनीलाई बढि सफलता तब मिल्या जब सेयर बजारमा गयो ।
उँहाको मेहनत, चतुराई, कुशलताले आज उँहा एशियाकै धनी व्यक्ति हुनुभएको छ । उँहाको बिजनेस पोर्ट्स, माइन्स, ग्रिन एनर्जीसमेत थुप्रै क्षेत्रमा लगानी छ।