५ जेठ, २०८१ शनिबार

10:48:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दूग्ध विकास संस्थानको महाप्रबन्धकको लागि दरखास्त खुल्यो

२५ माघ, २०७८

दूग्ध विकास संस्थानको महाप्रबन्धकको लागि दरखास्त खुल्यो

काठमाडौं
सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट छनोट गर्ने भएको छ । त्यसका लागि मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार महाप्रबन्धकमा आवेदन दिने व्यक्ति ३० वर्ष पूरा भएको र ६० वर्ष ननाघेको हुनु पर्नेछ ।

यस्तै, कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्ष काम गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ । साथै, उम्मेदवारले कृषि मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७६ को दफा ३ उपदफा २ ’ग’ बमोजिमको शैक्षिक योग्यता हासिल गरेको हुनु पर्नेछ। उक्त पदका लगि योग्य व्यक्तिले सूचना सार्वजनिक भएको २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।