२२ माघ, २०८१ मंगलबार
06:41:02 AM
२५ माघ, २०७८
काठमाडौं
नेपाल राष्ट्र बैंकले मंगबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले युरोपियन यूरो एक डलरको खरिद दर १३६ रुपैयाँ १७ पैसा र बिक्री दर १३६ रुपैयाँ ८५ पैसा कायम गरेको छ । अमेरिकी एक डलरको खरिद दर ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा कायम छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७५ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ ।
यूके पाउन्ड स्टलिङ एक डलरको खरिद दर १६१ रुपैयाँ १६ पैसा र बिक्री दर १६१ रुपैयाँ ९७ पैसा छ । स्वीस फ्रेङ्क एक डलरको खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६३ पैसा रहेको छ । साउदी अरबियन रियाल एक डलरकोे खरिर दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा छ भने कतारी रियालको एक डलर खरिद दर ३२ रुपैयाँ ६४ पैसा र बिक्री दर ३२ रुपैयाँ ८० पैसा रहेको बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
त्यस्तै, अष्ट्रेलियन एक डलरको खरिद दर ८४ रुपैयाँ ५९ पैसा र बिक्री दर ८५ रुपैयाँ १ पैसा छ । क्यानेडियन एक डलरको खरिद दर ९३ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ८ पैसा छ । भने मलेसियन रिंगिट एक डलरको खरिद दर २८ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा रहेकोे छ ।