२२ माघ, २०८१ मंगलबार

06:40:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढ्यो सुनको मूल्य

२५ माघ, २०७८

बढ्यो सुनको मूल्य

काठमाडौं
नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सुनको मूल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छ  । भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कारोबार गरिएको छ ।   

यसैगरी, आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२६० रुपैयाँ मूल्य कारोबार गरिएको महासंघले जनाएको छ ।