२२ माघ, २०८१ मंगलबार

06:50:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मलेशियामा सडक दुर्घटनामा नेपाली युवकको मृत्यु

२४ माघ, २०७८

मलेशियामा सडक दुर्घटनामा नेपाली युवकको मृत्यु

वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतकको शव जोहारको अस्पतालमा राखिएको छ । चौधरी मलेशियाको मेट्रोनिक इन्डस्ट्रिज एसडिएम डिएसडी जोहार बरुमा छ वर्षदेखि कार्यरत थिए । उनी अविवाहित थिए ।
“काकाको छोरोका विवाहका लागि केही दिनमै घर आउँदै छु । केही सामानसमेत खरिद गरेको छु भनेर मलेशियाबाट राजेन्द्रले फोनमा कुरा गरेको थियो”, मृतकका छिमेकी बुद्धिराम चौधरीले भन्नुभयो, “फोनमा कुरा भएको केही दिनमै मृत्युको खबर सुनेका छौँ ।”
पूरै परिवार र छिमेकी मृत्युको खबर सुनेपछि शोकमग्न भएको उहाँले बताउनुभयो । मृतकको शव नेपाल ल्याउनका लागि मलेशिया काममा पठाउने दिपप्रोटेड मेनपावर कम्पनी, श्रमविभाग र राजदूतावासमा पहल भइरहेको चौधरीले बताउनुभयो । रासस