६ जेठ, २०८१ आइतबार

12:52:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रपति चुरे संरक्षण विकास समितिका सबै पदाधिकारी हटाईयो

२४ माघ, २०७८

राष्ट्रपति चुरे संरक्षण विकास समितिका सबै पदाधिकारी हटाईयो

काठमाडौं । 
सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरीषदको बैठकलले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ५ जना पदाधिकारीलाई हटाउने निर्णय गरेको हो । समितिका अध्यक्ष डा. किरण पौडेलसहित सदस्यहरु शशीकुमार शर्मा, कमला ओली शिवाकोेटी, भेषराज आचार्य, डा. सुस्मिता ढकाललाई हटाईएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा राजनीतिक नियुक्ती भएकाहरुलाई देउवा सरकारले हटाउँदै आएको छ । यस अघिनै राष्ट्रीय खेलकुद परिषदका सदस्य सचिव लगाएतलाई हटाउने निर्णय गरेको सरकारको निर्णय विरुद्ध सर्वोच्च पुगेका सदस्य सचिव रमेश सिलवालको मुद्धा अझै टुङ्गो लाग्न सकेको छैन ।