६ जेठ, २०८१ आइतबार

05:19:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रिडी हाइड्रोपावरको नाफा ४६ करोड ९८ लाखभन्दा बढी

२४ माघ, २०७८

रिडी हाइड्रोपावरको नाफा ४६ करोड ९८ लाखभन्दा बढी

काठमाण्डौं
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा  ४६ करोड ९८ लाख नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २४ गुणाले बढी  हो ।

कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा  १ करोड ९३ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो कुल आम्दानी गत आवको दोस्रो त्रैमासमा ४ करोड ६६ लाख रहेको उक्त कम्पनीको कुल आम्दानी चालू आर्थिक वषको सोही अवधिमा बढेर ६७ करोड ४४ लाख पुगेको हो ।

कुल आम्दानीमध्ये चालू आवको दोस्रो त्रैमासमा विद्युत् विक्री गरेर  ३ करोड ८ लाख आम्दानी  भएको छ भने बुटवल सोलारबाट ४ करोड २७ लाख आम्दानी भएको छ । त्यसैगरी अन्य आम्दानी  ६० करोड ८ लाख रहेको छ ।
चुक्तापूँजी  ५८ करोड ५५ लाख रहेको उक्त कम्पनीले बचतमा ७ करोड १ लाख सञ्चित गरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १६०.४८, मूल्य आम्दानी अनुपात ५.२२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १८०.२९ रहेको छ ।