५ जेठ, २०८१ शनिबार

02:24:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जोर विजोर प्रणाली हटेसंगै काठमाण्डौमा सवारीको चाप बढ्यो

Nepal Business

२४ माघ, २०७८

जोर विजोर प्रणाली हटेसंगै काठमाण्डौमा सवारीको चाप बढ्यो

काठमाडौं ।
स्थानीय प्रशासनले २ हप्तादेखी लागु गरेको जोर विजोर प्रणाली हटेसंगै काठमाण्डौमा सवारी साधनको चाप बढेको छ । लामो समयसम्म जोर विजोर प्रणाली अनुसार सञ्चालन भएका सवारी साधन यो प्राणाली हटेसंगै निर्वाद रुपमा सञ्चालन गर्न पाईने भएको छ । योसंगै सवारी साधानको चाप पनि बढेको छ । कोरोनाको संक्रमण घट्दै गएपछि दुई हप्ता अघि देखि काठमाडौं उपत्यकामा जारी जोर विजोर प्रणाली हटेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।
फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ । तर १२ वर्ष पुरा नभएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।