६ जेठ, २०८१ आइतबार

02:46:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक्लिँदै माधव नेपाल, बालुवाटार बैठकमा बोलाईएन

Nepal Business

२३ माघ, २०७८

एक्लिँदै माधव नेपाल, बालुवाटार बैठकमा बोलाईएन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा , माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र र प्रमुख प्रतिपक्ष एमाले अध्यक्षबीच बालुवाटारमा भेटवार्ता भएको छ । तर सत्तागठबन्धनको तेस्रो घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई भने उक्त भेटवार्तामा बोलाइएन् । एमालेले एकीकृत समाजवादीलाई बोलाएको कुनै पनि सार्वजनिक कार्यक्रममा आफू नआउने बताउदै आएको छ । नेकपा एसको संसदमा उपस्थितलाई लिएर एमालेले निरन्तर अवरोध गदै आएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले आइतबार सल्लाह गरेर ओलीसहितको बैठक बोलाउनुभएको थियो । उक्त बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने बोलाइएन । देउवाले निर्वाचनबारे छलफल र एमसीसीका मुद्दामा रणनीति बनाउन दुई शीर्ष नेतालाई बोलाउँदा माधव नेपाललाई छुटाउनु सामान्य भएको बालुवाटार स्रोतको भनाइ छ । तर एमाले श्रोतका अनुसार यो मामलामा एमाले अध्यक्ष ओलीको अडान सही सावित भएको छ । किनभने माधव नेपालको अस्तित्व अस्विकार गर्दै आएको एमाले अडानलाई प्रधानमन्त्री देउवाले स्विकार्दै आजको बैठकमा नेपाललाई नबोलाईएको एमाले नेताहरुको तर्क छ ।

बालुवाटार बैठकबारे पार्टीलाई जानकारी छैन स् समाजबादी प्रबक्ता

उता नेकपा ९एकीकृत समाजवादी० का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बालुवाटार बैठकबारे आफ्नो पार्टीलाई जानकारी नभएको बताउनुभएको छ । आइतबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा बैठक भएको छ। सो बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी नरहेको पार्टी प्रवक्ता खतिवडाले बताउनुभयो । 

एक्लिदै नेपाल
यसैविच प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले ‘अवैध’ भनेको एकीकृत समाजवादीलाई संयुक्त बैठकमा नबोलाउने प्रतिबद्धता जनाउनुभएको एमालेले बताएको छ । तीन दलका शीर्ष नेताको आजको बैठकमा प्रधानमन्त्री देउवाले एमालेसँगको बैठकमा एकीकृत समाजवादीलाई सहभागी नगराउने प्रतिबद्धता जनाएको एमाले महासचिव शंकर पोखरेलले बैठकपछि जानकारी दिनुभयो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरसांसदलाई राखेर संसद् बैठक चलाउँदा र अवैध रूपमा जन्माइएका ‘पार्टी’को उपस्थिति रहने कुनै पनि कार्यक्रममा नेकपा एमाले सहभागी नहुने दोहोर्‍याउनुभएको थियो ।