५ जेठ, २०८१ शनिबार

10:18:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपत्यकाको यातायातमा लगाइएको जोरविजोर प्रणाली हट्यो, फागुनदेखि विद्यालय पनि खुल्ने ( आदेशसहित)

२३ माघ, २०७८

राती १२ बजेदेखि लागू हुने

उपत्यकाको यातायातमा लगाइएको जोरविजोर प्रणाली हट्यो, फागुनदेखि विद्यालय पनि खुल्ने ( आदेशसहित)

२२ माघ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसको आधारमा काठमाडौँ उपत्यकाका तीनै जिल्लामा यातायातमा लगाईँदै आइएको जोर विजोर प्रणाली हटेको छ ।

आइतबार राती १२ बजेदेखि नै (आजराती १२ बजे देखिनै) लागू हुनेगरी स्थानीय प्रशासनले जोर विजोर प्रणाली हटाएको हो । आइतबार नै बसेको सिसिएमसी बैठकले जोरविजोर हटाउन सिफारिस गरेको थियो । काठमाडौँ प्रशासनद्धारा साँझ जारी आदेशमा फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्षेत्र पनि खुला हुने उल्लेख छ । तर सबै स्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्रै चल्न पाइने छ ।

तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था गर्न भनिएको छ ।
आदेशको पूर्ण विवरण तल हेर्न सक्नुहुन्छ ।