२२ माघ, २०८१ मंगलबार

06:35:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विमानस्थलबार्ट ल्याइन्छ अवैध सुन र इलेक्ट्रोनिक सामग्री, यसरी फक्राउ परे चार व्यक्ति

Nepal Business

२३ माघ, २०७८

विमानस्थलबार्ट ल्याइन्छ अवैध सुन र इलेक्ट्रोनिक सामग्री, यसरी फक्राउ परे चार व्यक्ति

काठमाडौं, २३ माघ । काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै अबैध रुपमा सुनलगायतका सामग्री भित्रिने गरेको छ । केही प्रहरीले समाउने गरेको भएपनि धेरै लुकीछिपी भित्रिने गरेको जनाइन्छ । सोही क्रममा प्रहरीले भने केही सुन ल्यापटव र मोबाइलसहित चार जनालाई आइतबार पक्राउ गरेको छ ।

अवैध रुपमा भन्सार छली ल्याएको सुन, मोबाइल तथा ल्यापटप ल्याउने चार जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

अवैध रुपमा भन्सार छली ल्याएको सुन, मोबाइल तथा ल्यापटप ल्याउने चार जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका ८ मधुमल्ल वतन भएका ३० वर्षीय पदम बहादुर अधिकारी, सोही गाउँपालिका स्थायी वतन भएका ३० वर्षीय मान सिंह विश्‍वकर्मा, झापा शिवसताक्षी नगरपालिका ९ मिलनचोक वतन भएका २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका १९ वतन भएका ३२ वर्षीय गोकुल डल्लाकोटी रहेका छन् ।
जजिरा एयरको फ्लाइटद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका पदम बहादुरको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप, मान सिंह विश्‍वकर्माको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप तथा समिरको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप फेला पारी सोधपुछ गर्दा उक्त सामानहरू भन्सार छलि ल्याउन गोकुलले लगाएको भनि खुल्न आएपश्चात उक्त सामान लिन आएका गोकुल समेतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद सामानहरू सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।