५ जेठ, २०८१ शनिबार

10:48:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किया क्यारेन्स अर्को हप्ता सार्वजनिक हुँदै

२३ माघ, २०७८

किया क्यारेन्स अर्को हप्ता सार्वजनिक हुँदै

काठमाडौं
भारतीय बजारमा नयाँ एमपिभी (मल्टी पर्पोज भेइकल) अर्को साता सार्वजनिक हुँदैछ । कम्पनीले फेबुअरी १५ तारिखमा किया क्यारेन्स सार्वजनिक गर्ने घोषणा गरेको हो ।

भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार तीन-रो भएको यो एमपिभीको डेब्यू सन् २०२१ को डिसेम्बरमै भएको थियो । कम्पनीले भारतीय बजारको लागि यसको बुकिङ पनि खुलाएको थियो । बुकिङ खुलाएको २४ घण्टा नबित्दै यो क्यारेन्सको लागि ७ हजार ७ सयभन्दा बढी प्रि-अर्डर आएको कम्पनीले जनाएको छ ।

नयाँ क्यारेन्स कियाको सेल्टस मोडलको प्लेटफर्ममा आधारित छ । किया इन्डियाले गत जनवरीदेखि आन्द्रा प्रदेशमास्थित अनन्तपुर म्यानुोफ्याक्चरिङ प्लान्टबाट गाडीको उत्पादन सुरू गरेको हो । क्यारेन्स प्रिमियम, प्रेस्टिज, प्रेस्टिज प्लस, लक्जरी र लक्जरी प्लस गरी पाँच विभिन्न ट्रिममा उपलब्ध हुनेछ ।

भारतमा किया क्यारेन्स मल्टिपल पावरट्रेन र गियरबक्स विकल्पमा उपलब्ध हुनेछ । गाडी १.५ लिटरको नेचुरल्ली (एस्पिरेटेड पेट्रोल इन्जिन, १.४ लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन विकल्पमा उपलब्ध हुनेछ । ट्रान्समिसनको लागि यसमा ६ स्पीड म्यानुअल, ७ स्पीड डुअल क्लच ट्रान्समिसन र ६ स्पीड अटोमेटिक गियरबसक्स विकल्प हुनेछ ।

किया क्यारेन्समा एलइडी हेडल्याम्प छ । त्यस्तै यसको भित्री भाग निकै आकर्षक र फराकिलो छ । यसमा पुरै डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ । भने १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि छ ।

यसैगरी,गाडीमा विद्युतीय सनरुफ, वायरलेस चार्जर, एयर प्युरिफायर, १६ इन्चको अलोय ह्विल, एलइडी टेललाइलगायत विशेषताहरू छन् । सुरक्षाको लागि क्यारेन्समा ६ वटा एयरब्याग, टायर प्रेसर मनिटरिङ, डाउनहिल ब्रेक कन्ट्रोल, एबिएस, इएससी, रिअर पार्किङ सेन्सर, ब्रेक असिस्ट प्रविधि, डिस्क ब्रेकलगायत विशेषताहरू समावेश गरिएको छ ।

हालसम्म कम्पनीले गाडीको मूल्य सार्वजनिक नगरेपनि यसको भारतीय बजार मूल्य १२ लाखदेखि २० लाख रुपैयाँ हुने अनुमान छ । किया क्यारेन्सले बजारमा उपलब्ध हुन्डाईको अल्काजार, मारुती एक्सएल-६, महिन्द्रा मराज्जो र टाटा सफारीसँग प्रतिस्पर्धा गर्नेछ ।